पाठेघर रोग सम्बन्धी स्वास्थ्य शिविर



टीकापुर । कैलालीको टीकापुर नगरपालिकाको आयोजनामा शुक्रबार दुई स्थानमा पाठेघर रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
यस क्रमा अस्नेहरी र सोनाहफाँंटामा पाठेघरको क्यान्सर परीक्षण, आङ खस्ने रोग र फिस्टुला रोगको परीक्षण र उपचार गरिएको जनाइएको छ ।
शिविरमा दुई सय २४ जना महिलाले उपचार सेवा लिएका छन् । शिविरमा एक सय १७ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकोमा चार जनालाई थप परीक्षणका लागि सेती अञ्चल अस्पताल पठाइएको जनाइएको छ ।
त्यस्तै, शिविरमा पाठेघर झरेका २१ जना महिलामा रिङ राखिएको छ भने ६ जना पाठेघर खसेका महिलालाई शल्यक्रियाका लागि अञ्चल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्