वडाध्यक्षसहित छ जना जुवाडे पक्राउ
धनगढी । कैलालीको गोदावरी नगरपालिकामा प्रहरीले एक जना वडाध्यक्ष सहित छ जनालाई शुक्रबार जुवा खेलिरहेको अवस्थामा अत्तरियामा पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गोदावरीको संयुक्त टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।
अत्तरियाको एउटा होटेलमा जुवा खेलिरहेका उनीहरूबाट ५९ हजार रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको र जुवा ऐनअनुसार कारवाही गरिने बताए ।