पत्रकार चौधरीलाई मातृशोक
टीकापुर । कैलाली टीकापुरका पत्रकार गणेश चौधरीलाई मातृशोक परेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका पत्रकार चौधरीका ७५ वर्षीय आमा बसमती चौधरीको बिहीबार राती २ बजेतिर आफ्नै घर सुवर्णपुरमा निधन भएको थियो । उनी दमको रोगबाट ग्रसित थिइन ।
यसैबीच, नेपाल पत्रकार महासंघ कैलालीले पत्रकार चौधरीको आमाको निधनमा गहिरो शोक व्यक्त गरेको छ ।
त्यस्तै, फोनिज कैलालीले पनि पत्रकार चौधरीको आमाको निधनमा श्रद्धाञ्जली अर्पण गरेको छ । फोनिजका जिल्ला अध्यक्ष लखन चौधरीद्वारा जारी शोक वक्तव्यमा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
स्वर्गीय चौधरीको शुक्रबार नै कर्णाली घाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।