३ आश्विन २०८१, बिहीबार

राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता शुरु



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित वसन्तमुरारी माध्यामिक विद्यालयको खेल मैदानमा बुधबारदेखि राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता आज (बिहीबार) समापन हुने जनाइएको छ ।
प्रतियोगितामा कैलाली क्षेत्र नम्बर २ अन्तर्गतका विभिन्न सातवटा सामुदायिक विद्यालको सहभागिता रहेको प्रतियोगिता संयोजक तथा कैलाली जिल्ला खेलकुद विकास समितिका सदस्य महेश बुढाले बताए ।
बुधबार भएका खेलमा त्रिवेणी माध्यमिक विद्यालयले वर्चश्व कायम गरेको छ । बुधबार भएको छात्रा भलिवल खेलमा महोन्याल माध्यमिक विद्यालय बडिकाथाई प्रथम, बाल विद्यामन्दिर आधारभूत विद्यालय पथरैया दोस्रो र वसन्तमुरारी मावि बौनिया तेस्रो भएका छन् ।
त्यस्तै, छात्र ज्याभलिङ थ्रोमा शान्ति मावि फल्लेबिसौनाका दुर्गा बुढाथोकीमगर प्रथम र त्रिवेणी मावि बडिगाउँका जीवन विक द्वितीय भए । ज्याभलिङ थ्रो छात्रातर्फ त्रिवेणी मावि बडिकाथाईकी राधिका माझी प्रथम, मोहन्याल माविका दिव्या रावल द्वितीय र शान्ति माविका बिमला साउँद तृतीय भइन् ।
छात्र हाईजम्पमा हिमालय मावि पथरैयाका नरेश चौधरी प्रथम, वसन्तमुरारी माविका सुनील विक द्वितीय र त्रिवेणी माविका भरत सोनी तृतीय भए ।
हाइजम्प छात्रातर्फ त्रिवेणी माविका विष्णा जैसी प्रथम भइन् । सटपुट छात्रातर्फ पनि त्रिवेणी माविका स्वस्तिका देवकोटा प्रथम र शान्ति माविका विमला साउँद दोश्रो भइन् ।
सटपुट छात्र तर्फ पनि त्रिवेणी माविका हिमाल देउवा प्रथम, जीवन विक दोश्रो र शान्ति माविका दुर्गा बुढाथोकी तेश्रो भए ।
लङजम्प छात्रतर्फ वसन्तमुरारीका प्रकाश एसके प्रथम, राष्ट्रिय माविका निदेश शाही दोश्रो र त्रिवेणी माविका केशव विक तेश्रो भए ।
लङजम्प छात्रातर्फ त्रिवेणी माविका ललिता माझी प्रथम, शान्ति माविका सुनीता जाग्री दोश्रो र वसन्तमुरारीका लक्ष्मी बम तृतीय भइन् ।
त्रिपल जम्प छात्रतर्फ वसन्तमुरारीका सुनील सुनार प्रथम, शान्ति माविका शंकर बुढा दोश्रो र वसन्तमुरारीका सुरेश नाथ तेश्रो भए ।
त्रिपल जम्प छात्रातर्फ शान्ति माविका ईसरा देवकोटा प्रथम भइन् ।
एक सय मिटर दौड छात्रतर्फ हिमालय माविका नरेश चौधरी प्रथम, राष्ट्रिय माविका जय विक दोश्रो र त्रिवेणी माविका हिमाल देउवा तेश्रो भए । एक सय मिटर दौड छात्रातर्फ राष्ट्रिय माविका मनिषा रावल प्रथम, देउमा नेवार दोश्रो र वसन्तमुरारीका सरिता बुढा तेश्रो भइन् ।
त्यस्तै, चार सय मिटर दौड छात्रतर्फ वसन्त मुरारीका सुमित पुनमगर प्रथम, राष्ट्रिय माध्यमिक विद्यालयका लोकेन्द्र शाही दोश्रो र शान्ति माविका हिमाल सिंजालीमगर तेश्रो भइन् ।
चार सय मिटर दौड छात्रातर्फ राष्ट्रिय माविका जुना विक प्रथम, त्रिवेणीका विष्णा जैसी दोश्रो र राष्ट्रिय माविका दिव्या रावल तेश्रो भइन् ।
त्यस्तै, १५ सय मिटर दौड छात्रतर्फ राष्ट्रिय माविका बम नेवार प्रथम, त्रिवेणी माविका मिनराज उपाध्याय दोस्रो तथा तपेन्द्र माझी तेश्रो भए ।
१५ सय मिटर दौड छात्रातर्फ त्रिवेणी माविका राधिका माझी प्रथम र ललिता माझी दोश्रो भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार