१२ श्रावण २०८१, शनिबार

एमालेद्वारा नयाँ वर्षको अवसरमा चियापान कार्यक्रम



धनगढी । नेकपा (एमाले) कैलालीले हरेक वर्षझै यस वर्ष पनि नयाँ वर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । बुधबार जिल्ला पार्टी कार्यालय धनगढीमा भएको कार्यक्रममा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधि सभा सदस्यहरू झपट रावल, लक्ष्मी चौधरी, प्रदेश सरकारका मन्त्रीहरू प्रकाशबहादुर शाह, झपटबहादुर वोहरा, पठानसिंह वोहरा, सभामुख अर्जुनबहादुर थापा, प्रदेश सभा सदस्यहरू प्राध्यापक, अधिवक्ता, पत्रकारहरू उपस्थित थिए । कार्यक्रममा उपस्थित पाहुना तथा कार्यकर्तालाई नेकपा (एमाले) कैलाली अध्यक्ष तथा प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार