३० भाद्र २०८१, आईतवार

मनपरि शुल्क नियन्त्रण गर्छौ– नगरप्रमुख वड



धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले निजी विद्यालयले गरिरहेको मनपरि पढाई शुल्क बृद्धि नियन्त्रण गरिने बताएका छन् ।
नगरप्रमुख वडले उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका कतिपय निजी विद्यालयले मनपरि ढंगले पढाई शुल्क बृद्धि गरिरहेको विषयमा आफू गम्भीर भएको पनि बताए ।
मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को ज्ञापनपत्र बुझ्ने क्रममा नगरप्रमुख वडले भने– ‘केही निजी विद्यालयहरूले मनपरि ढंगले शुल्क बृद्धि गरिरहेको छ भन्ने सुनिएको छ । यसमा हामी निकै गम्भीर छौं ।’
नगरप्रमुख वडलाई ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी) कैलालीका अध्यक्ष डम्वरराज भट्टराईले प्रत्येक बालबालिकाले आधारभूत तहसम्मको शिक्षा नि:शुल्क रूपमा पाउनुपर्ने कुराको ग्यारेन्टी गर्न माग गरे । उनले चर्को पढाई शुल्क असुल्ने र अवैध रूपमा सञ्चालन गरिएका विद्यालयहरूको अनुगमन गर्न पनि माग गरे ।
धनगढी उपमहानगरपालिकाका नगर शिक्षा अधिकृत वीरबहादुर नेपालीले आफूहरू प्रतिवद्धतापत्रको तयारीमा जुटेको बताए । उनले भने– ‘हामीले सबै निजी विद्यालयहरूलाई शुल्क विवरण माग गरेका छौं । त्यसपछि शुल्क निर्धारण समितिले शुल्क निर्धारण गरेर लागू गर्न लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार