नोभा अस्पताल सञ्चालनमा



धनगढी । कैलालीको धनगढीमा शनिबारदेखि नोभा अस्पताल सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमबीच डाक्टर मुकुन्दराज जोशीले अस्पतालको उद्घाटन गरे ।
अस्पतालका सञ्चालिका अनिता पन्तले अस्पतालमा पेट, छाती, मुटु, हाडजोर्नी, नाक, कान लगायतको स्वास्थ्योपचार सेवा उपलब्ध भएको बताइन् । सञ्चालिका पन्तका अनुसार दुई करोड रुपैयाँको लगानीमा १५ सैय्याको सो अस्पताल सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्