एसटिएस पेनाल्टी सुटआउटको तयारी पूरा



धनगढी । नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको ‘एसटिएस पेनाल्टी सुट आउट’ प्रतियोगिताको तयारी पूरा भएको छ ।
चैत ३० गते साँझ हुने प्रतियोगिताको छैटौं संस्करणका लागि ३२ टिम सहभागी हुने जनाइएको छ ।
टिम दर्ता कार्य पूरा भइसकेको आयोजक एसटिएस टेलिभिजनले जनाएको छ । पेनाल्टी सुट आउट प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख, द्वितीयलाई ५० हजार र सिनियर खेलाडीलाई सम्मान स्वरूप १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले बताए ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
पेनाल्टी सुट आउट अवलोकनका लागि एक सय रुपैयाँको टिकट दर राखिएको छ । प्रतियोगितामा सहभागी दर्शकमध्ये एक जनालाई गोलाप्रथाबाट होण्डा कम्पनीको एक सय १० सिसिको नाभी मोटरसाइकल प्रदान गरिने छ । सो मोटरसाइकल कुमारी ट्ेरडर्सले प्रायोजन गरेको प्रतियोगिता संयोजक श्रेष्ठले बताए ।
कार्यक्रममा ब्ल्याक पाण्डाको हिपहप तथा मनोरञ्जनात्मक प्रस्तुति पनि देखाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्