नि:शुल्क आँखा शिविर
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकास्थित वसन्तमुरारी माध्यामिक विद्यालय बौनियामा बुधबार एकदिने नि:शुल्क आँखा शिविर भएको छ ।
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको आठौं वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय प्रतापपुर र कोटातुल्सीपुरको आयोजना तथा धनगढी नेत्रालय आँखा अस्पताल र बर्दगोरिया गाउँपालिकाको सहयोगमा सो आँखा शिविर भएको जनाइएको छ ।
आँखा शिविरमा सात सय ५० जनाले नि:शुल्क आँखा चेकजाँच गरेको जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शाखा प्रमुख रमेश सुनारले जानकारी दिए ।
आँखा शिविरमा बर्दगोरिया गाउँपालिका, लम्की चुहा नगरपालिका र जोशीपुर गाउँपालिकाका सेवाग्राही सहभागी रहेको कोटातुल्सीपुर शाखा प्रमुख कृष्ण अधिकारीले जानकारी दिए ।
शिविरमा धनगढी नेत्रालय आँखा अस्पतालका डाक्टर विद्याप्रसाद पन्त र डाक्टर अर्पण सिलवालले सेवा प्रदान गरेका थिए ।
शिविरबाट एक सय ५० जनाको सल्यक्रिया गर्नुपर्ने अवस्था रहेको धनगढी नेत्रालयका प्रशासक त्रैलोक्यनाथ पाण्डेले जानकारी दिए ।
शिविरमा नि:शुल्क चेकजाचका साथै चश्मा पनि नि:शुल्क वितरण गरिएको थियो । प्रशासक पाण्डेयले धनगढीस्थित धनगढी नेत्रालयमा शल्यक्रिया, औषधि र चश्मा नि:शुल्क रूपमा वितरण गरिने बताए ।