१२ माघ २०८१, शनिबार

चरेशसहित एक पक्राउ



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा प्रहरीले बुधबार बिहान करिब तीन किलोग्राम चरेस सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिहान करिब १० बजेतिर वडा नम्बर २ चौराहका ५८ वर्षीय लक्ष्मीराज गुरागाईलाई दुई किलो आठ सय ग्राम चरेस सहित पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका हवल्दार गोविन्द भण्डारीको नेतृत्वको प्रहरी टोलीले गुरागाईंलाई चरेश सहित पक्राउ गरेको थियो ।
हवल्दार भण्डारी नेतृत्वको प्रहरी टोलीले गत शुक्रबार राति धनगढी बसपार्कबाट बझाङका ५४ वर्षीय जयबहादुर बोहरालाई तीन किलो चरेस सहित पक्राउ गरेको थियो ।
त्यस्तै, प्रहरीले गत शनिबार बझाङको झोताबाट मकै र कोदोको बोरामा राखेर बसमा धनगढी ल्याइरहेको ११ किलो चरेश सहित ५० वर्षीय दलबहादुर रोकायालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार