विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण
पर्वत । पर्वतमा विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । मातृभूमिका लागि पर्वत सेवा समाज नेपालको पहलमा सो शैक्षिक सामग्री वितरण गरिएको हो ।
बालबालिकाहरुले नयाँ शैक्षिक शत्रको सुरुवात हुनु अगावै शैक्षिक सामग्री पाएपछि खुशी भएका छन् । सो शैक्षिक सामग्री गत शनिबार एक कार्यक्रमकाबीच कुश्मा नगरपालिका वडा नम्बर ११, पकुवा (साविक पकुवा गाविस ९, चुत्रेनीडाँडाछाप) मा रहेको भगवती प्राथमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई वितरण गरिएको होे ।
शैक्षिक सामग्री अन्र्तगत २९ जना छात्रछात्रालाई कापी, कलम र झोला उपलब्ध गराएको मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले जनाएको छ ।
मातृभूमिका लागि पर्वत सेवा समाज नेपालको इजरायल शाखाको आर्थिक सहयोगमा सो शैक्षिक सामग्री उपलब्ध गराएको संस्थाकी इजरायल शाखा अध्यक्ष दीया चापागाईंले बताइन् ।
सो विद्यालयमा निम्न आयस्रोत भएका घरपरिवारका बालबालिका अध्ययन गर्छन् । उनीहरुको पठनपाठनमा केही सहज होस् भनेर नयाँ शैक्षिक शत्रको सुरुवातमै दैनिकरुपमा पठनपाठनमा आवश्यक पर्ने कापी, कलम र झोला खरिद गर्न मातृभूमिका लागि पर्वत सेवा समाज नेपालको केन्द्रीय कार्यालयमार्फत इजरायल शाखाले आवश्यक रकम उपलब्ध गराई सो सामग्री वितरण गरेको अध्यक्ष चापागाईंले जानकारी दिइन ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष अर्जुनप्रसाद पौडेल, सहसचिव शिव अधिकारी, सदस्य हुमा तिवारी तथा विद्यालयका शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।