११ श्रावण २०८१, शुक्रबार

प्रदेश सरकारले बालीनालीको क्षति संकलन गर्ने



धनगढी । प्रदेश सातको सरकारले खडेरी हुरी बतास तथा असिना पानीले खेतीबालीमा पुगाएको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्री परिषद बैठकले प्रदेशका पहाडी तथा तराईका जिल्लाहरूमा खडेरी तथा असिना पानीले बालीनालीमा क्षति पुगेपछि विवरण संकलन गर्ने निर्णय गरेको हो ।
प्रदेशका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत क्षतिको विवरण संकलन गर्ने निर्णय भएकोे आन्तरिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताए । बालीनालीमा पुगेको क्षतिका आधारमा सरकारले किसानहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता शाहले जानकारी दिए ।
मन्त्रीपरिषद बैठकले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने, सार्वजनिका लिखत प्रमाणिकरण विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार