१२ माघ २०८१, शनिबार

चार विभागको प्रस्ताव



धनगढी । सात नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार विभागको प्रस्ताव गरेको छ ।
सो मन्त्रालयले योजना अनुगमन तथा प्रशासन शाखा, वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा, विज्ञान तथा जलवायु परिवर्तन वातावरण महाशाखा र उद्योग वाणिज्य तथा पर्यटन महाशाखाको प्रस्ताव गरेको जनाएको छ । चारवटै महाशाखाका प्रमुख उपसचिव रहने गरी प्रस्ताव गरिएको छ ।
मन्त्रालयले चारवटा महाशाखासँगै १६ शाखा रहने गरि मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रस्ताव पठाएको छ । योजना, अनुगमन तथा प्रशासन महाशाखामा पाँच ओटा शाखा रहेका छन् । त्यस्तै, वन व्यवस्थापन तथा जैविक विविधता महाशाखामा तीन, विज्ञान तथा जलवायु परिवर्तन वातावरण महाशाखामा चार र उद्योग वाणिज्य तथा पर्यटन महाशाखामा चार शाखाको मन्त्रालयले प्रस्ताव गरिएको छ ।
मन्त्रालयको काम गर्न सहजताका लागि वन, वातावरण तथा जलाधार व्यवस्थापन निर्देशनालय, वन, विज्ञान तथा वातावरण अनुसन्धान र विकास केन्द्र, प्राणी, उद्यान तथा वन्यजन्तु उद्धार केन्द्र रहने मन्त्रालयका प्राविधिक शाखा अधिकृत शंकर थापाले बताए ।
उनका आनुसार कार्यालय सहयोगी र हल्का सवारी चालकसहित मन्त्रालयमा २९ जनाको दरबन्दी रहेको छ । सामाजिक विकास मन्त्रालयले २३ जना तोकेकोमा १७ जना कर्मचारी हाजिर भएका उनले बताए ।
एक क्षेत्रका कर्मचारी अन्य क्षेत्रमा काम गर्नु पर्दा समस्या भएको प्राविधिक थापाले बताए । उद्योग र पर्यटनका लागि कर्मचारी नहुँदा सास्या भएको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार