११ श्रावण २०८१, शुक्रबार

बोराभित्र लुकाएर लैजादैँ गरेको ११ किलो चरेससहित १ पक्राउ



धनगढी । मकै र कोदोको बोराभित्र लुकाएर लैजादैँ गरेको अवस्थामा ११ किलो लागुऔषध (चरेस) बरामद गरिएको छ।
शनिबार बेलुका साढे ७ बजेको समयमा अस्थायी प्रहरी पोष्ट झोता बझाङ्ले चैनपुरबाट धनगढीतर्फ गइरहेको ना७ख ३१२७ नम्बरको बस चेकजाँच गर्दा चरेस बरामद गरेको हो।
बसको पछाडिको डिक्कीमा मकै र कोदोको बोराभित्र लुकाएर धनगढीतर्फ लैजान लागेको अवस्थामा ११ किलो लागुऔषध चरेस बरामद गरेको कैलाली प्रहरीले जनाएको छ।
सो घटनामा संलग्न रहेको आशंकामा बसमा सवार बझाङको मष्टा गाउँपालिका–१ बस्ने ५० वर्षीय दल बहादुर रोकायालाई पक्राउ गरीएको छ। प्रहरीले बस, सवारी धनी, चालक र सह चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार