तरुण दलले प्रदेश स्तरीय प्रशिक्षण गर्दै



धनगढी । नेपाल तरुण दल प्रदेश नम्बर ७ ले आगामी बैशाखमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
शनिबार तरुण दल कैलालीका अध्यक्ष दीपेन्द्र बमको अध्यक्षतामा धनगढीमा बसेको बैठकले बैशाख १२ र १३ गते डडेल्धुरामा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जनाइएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रदेशका सबै नौ जिल्लाका तरुण दलका पदाधिकारी, एक जना महिला सहित दुई जना केन्द्रीय पार्षद, क्षेत्रीय तथा नगर सभापति लगायतको सहभागिता रहने छ । कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत लगायत प्रशिक्षण विभागका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहने जनाइको छ ।
बैठकमा डडेल्धुरा अध्यक्ष शेरबहादुर साउँद, बैतडी अध्यक्ष घनश्याम भट्ट, कञ्चनपुर अध्यक्ष महेश चन्द, बझाङ अध्यक्ष विष्णु ऐडी, अछाम अध्यक्ष प्रकाश साउँद, बाजुरा अध्यक्ष कुम्भ नाथ, दार्चुला अध्यक्ष सुरेन्द्र बम, डोटी अध्यक्ष नारायण बराल, तरुण दलका कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्