१० माघ २०८१, बिहीबार

लेखापढी कानुन व्यावसायीको राष्ट्रिय अधिवेशन शुरु



धनगढी । नेपाल लेखापढी कानुन व्यावसायी एसोसिएसनको छैठौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि कैलालीको टीकापुरमा शुरु भएको छ ।
महाधिवेशनको प्रदेश नम्बर ७ का प्रमुख मोहनराज मल्लले एक समारोहबीच उद्घाटन गरे ।
सो अवसरमा प्रदेश प्रमुख मल्लले पेसाको मर्यादा र गरिमा जोगाएर जनताको सेवामा लाग्न आग्रह गरे ।
प्रदेश प्रमुख मल्लले पछिल्ला केही समययता न्यायपालिकाभित्र पनि अव्यवस्था बृद्धि भएकोप्रति सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।
प्रदेश नम्बर ७ का सभामुख अर्जुनबहादुर थापाले लेखापढी कानुन व्यावसायीहरूलाई कानुनसम्मत ढंगले काम गर्न आग्रह गरे ।
प्रदेश सभा सदस्य रणबहादुर रावलले लेखापढी व्यावसायीहरूले आम जनताका लागि पुर्‍याइरहेको सेवा प्रशंसनीय रहेको बताए ।
प्रदेश सभा सदस्य उमादेवी वादीले लेखापढी व्यवासायीले मालपोत, नापी लगायतका सरकारी कार्यालयभित्र र बाहिर हुने गलत कार्यको अन्त्यका लागि प्रयास गर्न आग्रह गरिन् ।
आज (आइतबार) सम्म चल्ने अधिवेशनमा नीति निर्माण, आगामी कार्ययोजना, लेखापढी कानुन व्यवसायीका समस्या, सुशासन लगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ । कार्यक्रममा देशभरीबाट पाँच सय बढी प्रतिनिधि सहभागि रहेका एसोसिएसनका महासचिव कृष्णप्रसाद दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार