१२ श्रावण २०८१, शनिबार

विप्लव समूहको र्‍यालीमा प्रहरी हस्तक्षेप



धनगढी । धनगढीमा क्रान्ति दिवस मनाउने क्रममा नेकपा (विप्लव समूह) को र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । शनिबार धनगढी चौराहाबाट निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।
दिउँसो साढे दुई बजेतिर निस्कन लागेको र्‍यालीलाई प्रहरीले चौराहदेखि बजार क्षेत्रमा प्रवेश गर्न दिएन । चौराहबाट अगाडि बढ्न नसकेपछि र्‍याली शहिदगेटतर्फ गएको र पुन: फर्केर चौराहबाट बजारतर्फ आउने क्रममा प्रहरीले लाठिचार्ज सहभागी गणेश ढकालले बताए ।
र्‍याली अघि नै प्रहरीले बाजुराका पूर्व सभासद डबल शाहलाई पक्राउ गरेको थियो । प्रहरीले र्‍यालीका क्रममा १८ जना कार्यकर्तालाई पक्राउ गरेको ढकालले बताए ।
पक्राउ परेका सबैलाई केही बेरपछि जोडिएको कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार