११ श्रावण २०८१, शुक्रबार

चरेशसहित एक पक्राउ



धनगढी । कैलालीको धनगढीबाट एक जना चरेशसहित पक्राउ परेको छ । कैलाली जिल्ला प्रहरी कार्यालयले बिहीबार राति धनगढीको बसपार्कबाट बझाङको जयपृथ्वी नगरपालिकाका जयबहादुर बोहरालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले बोहराबाट तीन किलो चरेश बरामद गरेको कैलाली प्रहरी प्रवक्ता एवं कैलाली प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए । उनले पक्राउ परेका उनीमाथि लागूऔषध ऐन अन्तर्गत कैलाली जिल्ला अदालतबाट म्याद थप गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार