१२ माघ २०८१, शनिबार

सिकलसेल रोगसम्बन्धी अभिमुखीकरण



धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ र ६ मा शुक्रबार सिकलसेल रोगसम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रम बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको थियो ।
कार्यक्रम वडा नम्बर ६ का सदस्य बालकुश्मी थारूको अध्यक्षतामा भएको थियो । सो अवसरमा वडा सदस्य गणेश चौधरी, खड्के भुल, कोटातुल्सीपुर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट भूपेन्द्र शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बर्दगोरिया गाउँपालीका वडा नम्बर ५ र ६ का वडा सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक कृष्ण भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार