२ माघ २०८१, बुधबार

हेभी इक्युपमेन्ट संघको साधारण सभा



धनगढी । सुदूरपश्चिम हेभी ईक्यूपमेण्ट संघको तेस्रो साधारण सभा बिहीबार धनगढीमा भएको छ । सभाको ७ नम्बर प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले उद्घाटन गरेका थिए ।
सभाको उद्घाटन गर्दै प्रमुख मल्लले प्रदेशको आर्थिक समृद्धिका लागि हेभी इक्यूपमेण्टको योग्दान धेरै रहेको बताए । उनले प्रदेशमा सडक, भौतिक पूर्वाधार लगायतका विकास निर्माण कार्यमा हेभी ईक्युपमेण्टले महत्त्वपूर्ण योगदान पुर्‍याएको चर्चा गरे ।
सभामा ७ नम्बर प्रदेशका भौतिक विकास मन्त्री पठानसिंह बोहराले हेभी ईक्यूपमेण्टका समस्याहरूको समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
हेभी ईक्यूपमेण्ट महासंघका अध्यक्ष ताराबहादुर कुँवरले विकास निर्माणमा हेभी ईक्यूपमेण्टले योग्दान पुर्‍याएको भएपनि राज्यबाट उपेक्षित हुनुपरेको गुनासो गरे । उनले हेभी ईक्यूपमेण्ट चालकहरू देशभरी न्यून रहेको बताउँदै ‘भएका चालकहरूलाई पनि राज्यले लाईसेन्स दिन सकेको छैन् ।’ उनका अनुसार देशभरी रहेका २० प्रतिशत चालकहरूले मात्र हेभी ईक्यूपमेण्ट सवारी चालक लाईसेन्स प्राप्त गरेका छन् । जसले गर्दा ट्राफिक लगायत विभिन्न सरोकारवालाहरूबाट समस्या भोग्नु परिरहेको छ ।
उनले पछिल्लो समय नेपालमा भारतीय हेभी ईक्यूपमेण्ट प्रयोग हुँदै गएको बताउँदै ‘स्थानीय हेभी ईक्युपमेण्टहरू धरापमा पर्न थालेका छन् ।’ उनले भन्सारमा मेसिन आयात शुल्क नभएपनि मेसिनका पार्टपुर्जामा धेरै कर र राजश्व तिर्नुपर्ने बाँध्यता रहेको बताउँदै ‘मेसिनका पार्टपुर्जामा आयातमा लाग्ने राजश्वमा राहत मिल्ने योजना सरकारले बनाउन जरुरी छ ।’
सुप हेभी ईक्युपमेण्ट संघका अध्यक्ष यज्ञराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय सदस्य जयबहादुर साउँदले गरेको महासचिव दानसिंह बडैलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार