६ माघ २०८१, आईतवार

नगर सभाबाट आठ वटा कानुन स्वीकृत हुँदै



धनगढी । धनगढी उपमहानगरपालिकाले आठ वटा कानुनहरू नगरसभाबाट स्वीकृत गर्ने भएको छ । भोलि (शनिबार) धनगढी उपमहानगरपालिकाको सभाहलमा बस्ने दोस्रो नगर सभाले आठ वटा कानुन स्वीकृत गर्ने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले स्वीकृत गर्न लागेको आठ वटा कानुनमा कुनै सल्लाह सुझाव भए कार्यालयमा दिन आग्रह गरेको छ । स्वीकृत हुन लागेको कानुन उपमहानगरपालिकाले कार्यालयको वेभसाईटमा राखेको र सल्लाह सुझाव भए कार्यालयमा दिन उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बताए ।
उनका अनुसार उपमहानगरपालिकाले प्रशासकीय कार्यविधि नियमावली गर्न बनेको विधेयक, शिक्षा विधेयक, सहकारी विधेयक, सार्वजनिक निजि साझेदारी विधेयक, फोहरमैला व्यवस्थापन विधेयक, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, न्यायिक समिति कार्यविधि विधेयक र नगरपालिका कृषि व्यवसाय प्रवर्धन विधेयक २०७४ नगर सभाबाट स्वीकृत गर्न लागेको हो ।
‘हामीले कार्यपालिका र नगरसभाबाट पारित गर्नुपर्ने दुई प्रकारका कानुन हुन्छन्’ नगर प्रमुख वडले भने ‘कार्यपालिकाबाट स्वीकृत गर्नुपर्ने कानुनहरू स्वीकृत भइसकेका छन भने नगरसभाबाट स्वीकृत गर्नुपर्ने कानुनहरू भोलि गर्दै छौं ।’ उनले कार्यपालिकाबाट नौ वटा कानुन स्वीकृत भइसकेको जानकारी दिए ।
उपमहानगरपालिकाले कार्यपालिकाबाट नगर सभा सञ्चालन कार्यविधि, २०७४ संशोधन सम्बन्धमाm आर्थिक सहायता कार्यविधि, २०७४ सम्बन्धमा, ‘घ’ वर्गको निर्माण व्यवसाय इजाजतपत्र सम्बन्धि कार्यविधि, टोल विकास संस्था निर्देशिका २०७४, निर्णयको आदेश अधिकारपत्र प्रमाणिकरण नियमावली, ज्येष्ठ नागरिक परिचयपत्र निर्देशिका, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, स्थानीय राजपत्रको नमुना स्वीकृत सम्बन्धमा र स्थानीय तहको वार्षिक योजना तथा बजेट तुर्जमा दिग्दर्शन कानुन पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार