मन्त्री परिषदको बैठकद्वारा ३ विधेयकलाई स्वीकृत



धनगढी । ७ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको बिहीबार बेलुकी बसेको बैठकले प्रदेश राजपत्रको कार्यविधि सहित ३ वटा विधेयकलाई सैद्धान्तिक सहमती दिने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहका अनुसार बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रस्तुत प्रदेश राजपत्रको कार्यविधि स्वीकृत गरेको छ । त्यसैगरी मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्रस्तुत २ वटा प्रस्तावहरूलाई कार्य गर्न सैद्धान्तिक सहमती दिइएको छ ।
प्रवक्ता शाहका अनुसार जसमा स्थानीयतहका पदाधिकारीहरूको पारिश्रमिक, सुविधा सम्बन्धी विधेयक तर्जुमा गर्ने, नगर तथा गाउँसभाको कार्यविधी तयार गर्ने निर्णय गरिएको छ । यसका साथै प्रदेश सरकारको कामको समीक्षा गर्ने कार्य समेत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्