अस्पताललाई इन्भर्टर प्रदान
धनगढी । जिल्ला समन्वय समिति कैलालीले धनगढीस्थित सेती अञ्चल अस्पताललाई इन्भर्टर प्रदान गरेको छ ।
समन्वय समितिमा प्रयोगबिहिन अवस्थामा रहेका तीन सेट ईन्भर्टर सोमबार अञ्चल अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रीता भण्डारी बमलाई ती सामग्री हस्तान्तरण गरेका थिए ।
समन्वय समितिका प्रमुख थापाले अस्पतालको प्रसूति गृहमा विद्यमान विद्युत समस्या कम गर्न मद्दत पुगोस् भनेर इन्भर्टरहरू प्रदान गरिएको बताए ।
सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बमले सामग्री प्रदान गरेकोमा जिल्ला समन्वय समितिप्रति आभार व्यक्त गरिन् ।