पत्रकार जोशीमाथि दुव्र्यवहार
धनगढी । कैलालीका पत्रकार दीपक जोशीमाथि प्रहरीले दुव्र्यवहार गरेका छन् । आइतबार राति सेती अञ्चल अस्पतालमा ड्यूटीमा खटिएका प्रहरीले पत्रकार जोशीमाथि दुव्र्यवहार गरेका थिए ।
मदिरा सेवन गरी मोटरसाइकल चलाउने क्रममा सर्वसाधारणलाई घाइते बनाएपछि मापासे परीक्षण गर्न सेती अञ्चल अस्पताल ल्याइएका प्रहरीको तस्बिर खिच्ने क्रममा उनीमाथि दुव्र्यवहार भएको थियो ।
सो घटनाप्रति नेपाल पत्रकार महासंघ कैलालीले ध्यानाकर्षणपत्र जारी गर्दै दोषीलाई कारवाही गर्न माग गरेको छ ।
त्यस्तै, नेपाल प्रेस युनियन कैलालीले पनि घटनाप्रति घोर भत्र्सना गरेको छ । प्रेस युनियनका जिल्ला सचिव समेत रहेका पत्रकार जोशीमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई तत्काल कारवाही गर्न माग गरिएको छ ।
युनियनका उपाध्यक्ष भीम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शान्ति सुरक्षाको जिम्मेवारी पाएका प्रहरीले उल्टै सञ्चारकर्मी तथा सर्वसाधारणमाथि दुव्र्यवहार गर्नु कानुनी राज्यको उपहास भएको युनियनको ठहर रहेको उल्लेख छ ।