६ माघ २०८१, आईतवार

खेतीयोग्य जमिन बाँझो नराख्ने कानूनको तयारी



ललितपुर । कृषियोग्य जमिन बाँझो राख्न नहुने कानून निर्माणको लागि पहल गरिरहेका कानून मन्त्री शेरबहादुर तामाङले ‘क्वाटर’को सरकारी जमिन बाँझो नराख्ने नीति अवलम्वन गरेका छन् ।
मन्त्रीहरुको सरकारी निवास वरपर २५ रोपनी भन्दा धेरै जमिन बाँझो रहेकाले त्यहाँ अनिवार्य खेतीगर्ने योजना अनुरूप मन्त्री तामाङले आफ्नो निवासको जमिनमा आज तरकारी खेतीको सुरुवात गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले पनि कृषिको विकासमा जोड दिएको र देशको समृद्धिका लागि खेतीयोग्य जमिन बाँझो राख्न नहुने हुनाले पनि यहाँका बाँझो जमिनलाई तरकारी वारी बनाउन लागिएको मन्त्री तामाङले बताए ।
निवास वरपरका जमिनमा अर्गानिक तरकारी खेती गर्नका लागि मन्त्री आफैले जोतेका छन् । जोतेपछि यो ठाउँमा आधुनिक तवरले तरकारी खेती गरिने मन्त्रीले बताए । ‘मन्त्रीका लागि पर्याप्त सरकार जनशक्ति पनि हुन्छन् ।’ बाँझो जमिन पनि हुन्छ । तर, तरकारी भने किनेर खानु पर्ने बाध्यता रहेको छ । यसलाई हटाउन पनि आफै तरकारी खेती गर्नु आवश्यक भएको तामाङ पत्नी उषाकला राईले बताइन् ।
निजी निवासमा वसुञ्जेल मौसमी तरकारी यही जमिनबाट उत्पादन गर्ने उनीहरूको योजना रहेको छ । यसलाई अन्य मन्त्रीहरूले पनि अंगिकार गर्नु पर्ने राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार