१२ श्रावण २०८१, शनिबार

प्रदेश राजधानी धनगढीबाट उत्तरतिर हुन्छ : मन्त्री सोडारी



धनगढी । खेलकुदमन्त्रीको समेत जिम्मेवारी सम्हालेका सात नम्बर प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीको क्षेत्रीय खेलकुद विकास समितिले स्वागत गरेको छ ।
सो अवसरमा मन्त्री सोडारीले प्रदेश सरकारलाई काम गर्नका लागि अवसर भन्दा चुनौति धेरै रहेको चर्चा गरे ।
यो प्रदेश हामीले मिलेर बनाउने हो प्रदेशको विकासका लागि उपयुक्त योजना जसले दिए पनि स्वीकार गर्ने छौं, उनले भने उपयुुक्त काममा मात्रै बजेट बिनियोजन हुनेछ ।
सहि योजनामा बजेट दिने हो तर कामको आफै अनुगमन गर्ने हो उनले भने हामीले कुनै पनि काममा गलत हुन दिनेछैनौ । लोकप्रिय काम गर्न नसकेपनि अनियमितता र जनहीत बिरोधी काम हामीले हुनै दिँदैनौ उनले प्रतिबद्धता जाहेर गरे ।
धनगढीमा थप खेल मैदान र खुलामञ्च बनाउने प्रयास पनि आफूले गरिरहेको पनि उनले बताए । फरक प्रसंगमा उनले प्रदेश राजधानी धनगढीबाट अलिकति उत्तरतिर हुन सक्ने संकेत पनि गरे । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लालबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सदस्य तेजेन्द्र थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंह लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार