फोनिज कैलाली अधिवेशन
धनगढी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीको तेस्रो अधिवेशन शनिबार धनगढीमा भएको छ ।
अधिवेशनबाट पत्रकार लखन चौधरी अध्यक्षतामा सर्वसम्मतीले नयाँ कार्यसमिति गठन भएको छ ।
अध्यक्ष चौधरी धनगढीबाट प्रकाशित हुने पहुरा थारू दैनिकका सहसम्पादक हुन् ।
कार्यसमितिको उपाध्यक्षमा हरेन्द्र चौधरी, सचिवमा राम दहित, कोषाध्यक्षमा दुर्जनकुमार चौधरी र सहसचिवमा हेमा चौधरी चयन भएकी छन् ।
त्यस्तै, सदस्यमा मोहन चौधरी, प्रेम चौधरी, वीरबहादुर चौधरी, स्वरूप चौधरी, बालकृष्ण चौधरी र सागर कुश्मी रहेका छन् ।
त्यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गणेश चौधरी, भीम चौधरी र उन्नती चौधरी चयन भएका छन् भने मुकेश टेंर्रालाई पर्यवेक्षक चयन गरिएको छ ।
अधिवेशनबाट प्रादेशिक प्रतिनिधिमा पत्रकार प्रेम चौधरी र दिनेश दहितलाई चयन गरिएको छ ।
यसअघि अधिवेशनको फोनिजका पूर्व जिल्ला अध्यक्ष अविनाश चौधरीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम निवर्तमान जिल्ला अध्यक्ष अनत चौधरीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा नेपाल प्रेस युनियन कैलालीका वरिष्ठ उपाध्यक्ष भीम चौधरी, प्रेस सेन्टर नेपालका प्रदेश नम्बर ७ का उपाध्यक्ष मुकेश र्टेर्रा, थारू पत्रकार संघका प्रदेश नम्बर ७ का संयोजक उन्नती चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।