विन्दास मिडिया अवार्ड
धनगढी । कैलालीको धनगढीमा विन्दास मिडिया अवार्ड २०७५ हुने भएको छ ।
घोडाघोडी मिडिया गु्रपको आयोजनामा वैशाख २१ गते आयोजना हुने एक कार्यक्रमा सो अवार्ड वितरण गरिने शनिबार धनगढीमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
ग्रुपका सञ्चालक हरेन्द्र चौधरीले थारू भाषा, संस्कृतिको संरक्षण तथा संवद्र्धनमा टेवा पुर्याउन विन्दास मिडिया अवार्डको आयोजना गरिएको बताए ।
उनले थारू भाषाका आधुनिक तथा लोक गायकद्वगायिका, पप गायक, फिल्म स्कृष्ट लेखक, निर्देशक, भिडियो निर्देशक, संगीतकार, एल्बम, मोडल, युगल, कला तथा पत्रकारिता सहित ३५ वटा विधाम समेटिने बताए ।