१२ माघ २०८१, शनिबार

विद्युत विकासमा स्पष्ट खाका ल्याउ : मुख्यमन्त्री



धनगढी । सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको प्रतिनिधि मण्डलसंग भेट्दै ठोस योजना बनाएर ल्याए प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन ।
सो अवसरमा युनियनले सात नम्बर प्रदेशमा जनताको लगानीमा १० देखि ५० मेगावाट सम्मका जलविद्युत आयोजना निर्माण गर्न दिन मुख्यमन्त्रीसंग माग गरेको थियो ।
शनिबार धनगढीमा भएको भेटमा युनियानले यस क्षेत्रका जनता र नेपाल विद्युत प्राधिकरणका कर्मचारीको सहभागितामा आयोजना शुरु गर्न माग गरिएको थियो ।
युनियनका केन्द्रीय अध्यक्ष रामेश्वर पौडेल सहितको टोलीसंगको कुराकानीमा मुख्यमन्त्री भट्ट बिद्युत आयोजना सहितका कामको स्पष्ट खाका ल्याए प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार