११ श्रावण २०८१, शुक्रबार

पररास्ट्रमन्त्रीले विप्लवबारे गरे यस्तो खुलसा



गुल्मी । पररास्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिप्लव माओवादीले गरिरहेको हिंसाको राजनीतिलाई सरकारले गम्भीर ढंगले नजिकबाट नियालिरहेको बताउँदै यसको समाधान मूलत: राजनीतिक ढंगले गर्ने बताएका छन् ।
उनले त्यस्ता हिंसाको समाधान तथा जनताको जिउधनको सुरक्षाको लागि सरकार कडा ढंगले प्रस्तुत हुने बताए ।
उनले विप्लव माओवादीका नाममा भएका पछिल्ला गतिविधि संकासपद रहेको उल्लेख गर्दै राजनीतिमा असंतुष्टि राख्ने भन्दा पनि विप्लव समूहले अर्थ संकलनमा जोड दिएको बताए ।
गृह जिल्ला गुल्मी आएका मन्त्री ज्ञवालीले जिल्लाको विकासका लागि सर्वदलीय बैठक बोलाएका मन्त्री ज्ञवालीले विभिन्न दलका नेताले उठाएका जिज्ञासाको उत्तर दिएका थिए ।
कार्यक्रममा जिसस गुल्मी प्रमुख लक्ष्मण पराजुली, प्रजिअ गोपाल अर्याल, नेपाली कांग्रेस सभापति भुवन श्रेष्ठ, सचिव खिलध्वज पन्थी, नेतृ बिष्णु सापकोटा, माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धि जिसी, जिल्ला संयोजक वीरबहादुर कार्की, एमाले नेता कृष्ण घिमिरे, कृष्ण सुनार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार