१२ श्रावण २०८१, शनिबार

भोलि प्रदेश सभाको बैठक



धनगढी । सात नम्बर प्रदेश सभाको संसद बैठक भोलि (शनिबार) हुने भएको छ ।
प्रदेशका सभामुख अर्जुनबहादुर थापाले तयारी पुरा नभएकोले बिहीबार हुने भनिएको संसद बैठक भोदि दिउँसो १ बजे बस्ने गरेर सारिएको थियो ।
प्रदेश सरकारले आंशिक बजेट ल्याउने तयारी पुरा नभएकोले संसद बैठक सार्न आग्रह गरेपछि चैत १५ गते बिहीबारको बैठक स्थगित भएको सभामुख थापाले बताए ।
संसदको कार्यव्यवस्था परामर्श समितिको सल्लाह लिएर सभामुखले बैठक सारेको समितिका सदस्य तारा लामा तामाङले बताए ।
मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले आगामी साता अल्पकालिन बजेट ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार