धनगढी प्रिमियर लिगके तयारी पुरा
धनगढी । भोलि (शनिबार) देखि सुरु हुने धनगढी प्रिमियर लिग डिपिएलको तयारी पुरा भएको छ । मैदानमा पिच निर्माण, अस्थायी प्याराफीट निर्माण लगायतको तयारी पुरा भएको बिहीबार धनगढीमा आयोजितपत्रकार सम्मेलननमा जानकारी दिइएको छ । केहि फिनिसिङको काम मात्रै बाँकी रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
प्रतियोगितामा सहभागिता जनाउने खेलाडी र अफिसियलका लागि होटेल लगायतको व्यवस्थापन कार्य पनि पुरा भएको छ । यस्तै, प्रतियोगिता सुरु हुन २ दिनमात्रै बाँकी रहेका बेला सहभागिता जनाउने टिमहरू पनि धनगढी आउने क्रम सुरु भएको छ । नेपालले एक दिवसीय मान्यता पाएपछि पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कर राशिको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लीगले राष्ट्रिय टोली बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का पनि एक दिवसीय मान्यता पाएपछि पहिलो पटक धनगढी पुग्दा निकै दंग थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा देशको प्रदर्शन कस्तो रहने विषय घरेलु क्रिकेटको स्वरुप कस्तो छ भन्ने विषयले नै हेक्का राख्ने गरेको छ । घरेलु क्रिकेट प्रतियोगिता नै करौडौ लगानीमा अयोजना हुन थालेपछि राष्ट्रिय टोली पनि बलियो बन्ने उनको दावी छ ।
पहिलो सस्करणको धनगढी प्रिमियर लिगभन्दा दोस्रो सस्करणको धनगढी प्रिमियर लीगमा थुप्रै फरक देख्न पाइने छ । धनगढी प्रिमियर लिगले आईसीसीको मान्यता पाएपछि यस्को चर्चा अब स्वदेशमामात्रै सीमित हुने छैन् । आइसीसीकै मान्यताका कारण ६ वटा टिममा अनुवन्ध नेपाली खेलाडीले विदेशी खेलाडीसँग पनि खेल्न पाउने भएका छन् ।
शनिबारदेखि सुरु हुने प्रतियोगितामा ३ करोड लागतकको अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाखपाउँने छन् भने तेस्रो हुने टोलीलाई तीन र चोथो हुने टोलीलाई २ लाख नगद दिइने आयोजकले जनाएको छ । पुरस्कार राशि सर्वाधिक हुनु र प्रतियोगीताको छवि अन्तर्राष्ट्रिय क्रिकेट जगतले पनि स्वीकार्नुले धनगढी प्रिमियर लिगको महत्त्व झल्किएको प्रतियोगिताका संयोजक सुवाश शाहीले बताए ।