१२ श्रावण २०८१, शनिबार

सडक स्तरोन्नतीको माग गर्दै प्रदर्शन



कैलाली । धनगढीदेखि दिपायलसम्मको दु्रतमार्ग (फास्टट्रयाक) अन्तर्गत दक्षिणी सडक निर्माणको प्रक्रिया अगाडी वढाउन माग गर्दै स्थानीयले सोमबार धनगढी पिपलचौतारा–स्याउले सडक खण्ड अवरुद्ध गरेका छन् ।
स्थानीय वासिन्दाले स्वःस्फुर्त रुपमा सोमबार विहान स्याउलेमा एक घण्टाका लागि सडक यातायात अवस्रुद्ध पारेका थिए । त्यस्तै, धनगढीको मुख्य वजार क्षेत्र पनि केही बेर यातायात अवरुद्ध पारिएको थियो ।
सडक निर्माणको माग गरिरहेका स्थानीयले सोमबार नै प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र वुझाएका थिए ।
ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका स्थानियले मुख्यमन्त्रीलाई कार्यालयमा नभेटेपछि झण्डै एक घण्टा मुख्यमन्त्री कार्यालय अगाडीको सडक समेत अवरुद्ध गरेका थिए । उनीहरूले तत्काल सडक निर्माणको पहल गर्न नारावाजी समेत गरेका थिए ।
प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले ज्ञापन पत्र कार्यकक्षमै वुझाउन भनेपछि स्थानीयहरुले त्यसको विरोध गरेका थिए । स्थानीयको दवावपछि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय वाहिर आउनु भएका मुख्यमन्त्री त्रिलोचन भट्टलाई संघर्ष समितीका संयोजक कुवेर शाहीले ज्ञापनपत्र वाचन गर्दै बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले द्रुतमार्गलाई प्राथमिकतामा राख्नका लागि पहल गरिरहेको र त्यस विषयमा छलफल गरिरहेको जानकारी दिदै तत्कालका लागि सात दिनभित्र समस्या समाधान गर्ने आश्वासन दिएका थिए ।
स्थानीयले मूख्यमन्त्रीले व्यक्त गरेको समय सिमाभित्र समस्या समाधान नभएमा थप आन्दोलन गर्ने चेतावनी दिए ।
निर्माण भएको वर्षदिन नपुग्दै भत्किएको १० किलोमिटर लम्बाई रहेको धनगढी–खुटीया सडक खण्ड अहिले सामान्य गाडी समेत चलाऊन नसक्ने अबस्थामा पुगेको छ ।
स्याउले देखि दिपायल सम्मको ८० किलोमिटर दूरीको सडक निर्माणको काम नहुँदा अहिले भीमदत्त पन्त राजमार्ग भएर दिपायल पुग्न १०५ किलोमिटर बढी यात्रा गर्नु परिरहेको छ ।
१४ वर्ष अघि अर्थात २०६० सालमा खुटिया—दिपायल फास्ट ट्रयाक सुरु भएपनि विपिनगरमा योजना कार्यालय खोल्नु बाहेकको काम हुन सकेको छैन ।
धनगढी–दिपयाल फास्ट ट्रयाक को ९६ किलोमिटर कालोपत्रे हुनका लागि झण्डै एक अर्व ३ करोड रकम आवश्यक पर्ने देखिन्छ ।
निर्बाचन को बेला हरेक राजनितिक दलको घोषणा पत्रमा उक्त सडक प्राथमिकतामा पर्ने भएपनी निर्बाचन सकिएपछी दलहरुले सडक बनाउन ध्यान दिन नसकेको स्थानियले गुनासो गरेका छन । उक्त सडक बने धनगढीबाट दिपायल सजिलै साढे दुई घण्टामा पुग्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार