१२ श्रावण २०८१, शनिबार

नवजीवनको साधारण सभाः सिंह प्यानलको प्रतिवद्धतापत्र सार्वजनिक



धनगढी । नवजीवन सहकारी संस्था सञ्चालक समितिका अध्यक्षका उम्मेदवार चक्रबहादुर सिंह प्यानलले बिहीबार आफ्ना प्रतिवद्धता सार्वजनिक गरेको छ ।
बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिंह नेतृत्वको प्यानलले सहकारीको उद्देश्य, लक्ष्य अनुरुप शेयरधनी सदस्यहरूको लगानीलाई समाजका हितमा अधिकतम उपयोग गर्ने र शेयरधनीहरूको भावना अनुरुप सहकार्यको उत्कृष्ट अवधारणा अपनाएर समाजको तल्लो तहसम्म संस्थाको सेवा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्षका उम्मेदवार सिंहले संस्था पारदर्शीताको अभावले अगाडि बढ्न नसकेको दाबी गरे । उनले भने– हामी भ्रष्टाचारमा सून्य सहनशिलता अपनाएर संस्थाका हरेक गतिविधी पारदर्शी ढंगले सञ्चालन गर्नेछौं । हरेक तीन महिनामा संस्थाका गतिविधी शेयरधनीसंगै हरेक नागरिकले सूचना पाउने गरि सार्वजनिक गर्ने छौं । उनले तीन अर्ब रुपैयाँकोे हाराहारीमा पुँजी भएको नवजीवनलाई नमूना सहकारी संस्था बनाउने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्षका उनले संस्थाका फजुल खर्च रोकेर परिणाममुखी खर्च गरिने बताए । उनले सहकारी तथा संस्थाको विकास, शेयरधनी तथा निक्षेपकर्ता, सामाजिक क्षेत्र, कर्मचारीहरुका पक्षमा आफनो प्यानल प्रतिवद्ध रहेको बताए ।
सो प्यानलबाट उपाध्यक्षमा डा. गोविन्दराज जोशी, सञ्चालक समिति सदस्यमा इन्दिरा जोशी, कृष्णबहादुर चौधरी, खेमराज पाण्डेय, गोपाल पाठक धनबहादुर शाह, चेतराज ओझा, जनकराज पाण्डेय, देवबहादुर बम, देवराज पाण्डेय, विश्वनाथ ओझा, त्रैलोक्यनाथ जोशी लगायतको उम्मेदवारी रहेको छ । यस्तै, लेखासमिति संयोजकमा जयराज जोशी, लेखासमिति सदस्यमा ईश्वरबहादुर सिंह र गोपीलाल चौधरीको उम्मेदवारी रहेको छ भने जिल्ला प्रतिनिधी पदमा चेतमान साउँदको उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार