३ माघ २०८१, बिहीबार

मदिरा नियन्त्रण तथा व्यवस्थापन वडा घोषणा



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ लाई खुला मदिरा नियन्त्रण तथा व्यवस्थापन वडा घोषणा गरिएको छ ।
बुधबार भएको एक कार्यक्रममा गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवाले अण्डैयालाई खुला मदिरा नियन्त्रण तथा व्यवस्थापन वडा घोषणा गरे ।
अण्डैयालाई खुला मदिरा नियन्त्रण तथा व्यवस्थापन वडा घोषणा गरिएसंगै सो वडामा अवैध मदिरालाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको उपप्रमुख अञ्चला चौधरीले बताइन् ।
उनका अनुसार लाइसेन्स प्राप्त पसलबाट मात्र मदिरा किनबेच गर्न पाइने, अनुमती नलिई मदिरा विक्रीवितरण गरेको पाइएको पाँच हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिने, मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिलाई एक हजारदेखि ६ हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।
यसैगरी एक वडामा बढीमा ३ वटा मात्र मदिरा पसल दर्ता गर्नुपर्ने, सार्बजनिक स्थानमा मदिरा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने सााझ ५ देखि ८ बजेसम्म मात्र मदिरा बेचविखन गर्न पाइने जनाइएको छ ।
कार्यक्रममा अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष गाीता सोडारीले वडा नं. ५ अण्डैयालाई खुल्ला मदिरा नियन्त्रण तथा व्यवस्थापन वडा घोषणा गर्नु सकारात्मक भएको भन्दै यो अभियानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक भएको बताइन् ।
वडा नं. ५ का वडाध्यक्ष जंगबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा समाजसेवी, महिलाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार