१२ श्रावण २०८१, शनिबार

नयाँ वर्षको उपलक्ष्यमा हाफ म्याराथुन



धनगढी । नयाँ वर्ष २०७४ को अवसरमा कैलालीको धनगढीमा हाफ म्याराथुन २०१८ हुने भएको छ ।
‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ धनगढी जेसिजले म्याराथुनको आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
म्याराथुनका लागि धनगढी जेसिका कार्यकारी उपाध्यक्ष कमल पनेरूको संयोजकत्वमा मूल आयोजक समिति र पाँच सदस्यीय उपसमिति गठन गरिएको जेसिजका अध्यक्ष यज्ञराज ओझाले जानकारी दिए ।
तीन चरणमा गरिने म्याराथुनमा खुल्ला तर्फ २१ किलोमिटर, मिडिया कर्पोरेट र ट्राई साईकलका लागि पाँच/पाँच किलोमिटर दौडिनुपर्ने अध्यक्ष ओझाले जानकारी दिए ।
उनले प्रतियोगितामा म्याराथुन दौड तर्फ प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विजेता (खुलातर्फ) लाई क्रमश: ५१ हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै, कर्पोरेटतर्फ र ट्राईसाईकलतर्फ प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमश: पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा खुल्लातर्फ दुई हजार, कर्पोरेट तथा मिडियाबाट दुई हजार पाँच सय गरी झण्डै पाँच हजार जनाले सहभागिता जनाउने अनुमान गरिएको छ । उनका अनुसार प्रतियोगितामा सहभागि हुन चाहने व्यक्तिले तीन सय ५० रुपैयाँ तिरेर रजिष्ट्रेसन फाराम भर्नुपर्ने छ ।
अध्यक्ष ओझाले प्रतियोगिताबाट उठेको रकमले भविष्यमा धनगढीमा स्मार्ट शौचालयको व्यवस्था गरिने बताए । धनगढी जेसिजले आयोजना गर्न लागेको हाफ म्याराथुनको यो पाँचौं संस्करण हो ।
मूल आयोजक समितिका संयोजक कमल पनेरूले म्याराथुन दौडलाई सभ्य र भव्य बनाउन पाँच जनाको उपसमिति गठन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार