अञ्चल अस्पतालमा अनुगमन



धनगढी । सेती अञ्चल अस्पतालका चिकित्सकहरू सेवाको समयमा समेत निजी मेडिकलमा बढि समय दिने गरेको गुनासो बढेपछि आइतबार अस्पतालमा अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापा, अस्पताल विकास समितिका अध्यक्ष रीता भण्डारी बमलगायतले अनुगम गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख थापाले सात नम्बर प्रदेशके राजधानी धनगढीमा रहेको सेती अञ्चल अस्पताललाई नमुना बनाउनका लागि प्रदेश सरकार तथा केन्द्र सरकारलाई आग्रह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्