१२ श्रावण २०८१, शनिबार

कैलालीमा लागूऔषध दुव्र्यसनीको संख्यामा बृद्धि



धनगढी । कैलालीमा पछिल्ला केही वर्षयता लागूऔषध दुव्र्यशनीहरूको संख्यामा बृद्धि आइरहेको छ । लागूऔषध दूव्र्यशनीमा प्राय: किशोरकिशोरी रहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७२/७३ मा प्रहरीले लागूऔषध सेवन र ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा ३३ जनालाई पक्राउ गरेकोमा चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ६० जनालाई पक्राउ गरिएको छ ।
गत आर्थिक वर्ष २०७३/०७४ मा लागूऔषध ओसारपसार तथा सेवन गरेको आरोपमा प्रहरीले ५८ जनालाई पक्राउ गरेको थियो ।
नेपाल र भारतबीचको खुला सिमाका लागू औषध ओसारपसारमा संलग्न व्यक्ति तथा गिरोहको विगबिगीमा बृद्धि भइरहेको छ । भारतीय सीमावर्ती बजारमा विभिन्न प्रकारका लागूऔषध बिक्री हुने गरेका कारण दुव्र्यशनीहरूमाथि नियन्त्रण चुनौतिपूर्ण रहेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक सागर बोहराले खुला सीमा नाका नै लागूऔषध नियन्त्रणका लागि मुख्य चुनौति रहेको बताए ।
त्यस्तै, कैलालीमा चरेश, ब्राउन सुगरको ओसारपसारमा पनि लगातार बृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार