प्रधानमन्त्री ओली मेयर चौधरीको स्वास्थ्य जानकारी लिन अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
नगर प्रमुख चौधरीमाथि गत सोमबार एक समुहले सांघातिक आक्रमण गरेको थियो ।
शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओलीले चिकित्सकहरूसंग उनको स्वासथ्य अवस्थाबारे जानकारी लिएका थिए ।
नगर प्रमुख चौधरीको उपचारमा संलग्न डाक्टर प्रदीप थापाका अनुसार उनको अवस्था खतराममुक्त छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नगर प्रमुखमाथि भएको सांघातिक आक्रमणको निष्पक्ष छानबनि हुने बताए । उनले भने– घटनाको छानविन हुन्छ । दोषि उम्कन पाउने छैनन् ।