हतियार सहित पक्राउ



धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० स्थित आमखैया सामुदायिक बनमा स्थानीयले हतियार सहित एकजनालाई नियन्त्रणमा लिएका छन् ।
लामो समयदेखि वनमा अवैध रूपमा शिकार गर्ने तथा काठ तस्करीमा संलग्न रहेका घोडाघोडी नगरपालिका वडा नम्बर १०, आमखैयाका ३२ वर्षीय जगराम जोगी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चौधरीलाई आमखैयाको सामुदायिक वनमा एक थान दुईनाले बन्दुक र दुई थान गोलीसहित शनिबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुखडका इञ्चार्ज प्रहरी निरिक्षक कर्णसिंह कार्कीले बताए ।
प्रहरी निरीक्षक कार्कीका अनुसार जोगी सो सामुदायिक वनभित्र वन्यजन्तुको शिकार गर्न गएका थिए । स्थानीयका अनुसार जोगीसँग अरू पनि रहे पनि फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्