८ बैशाख २०८२, सोमबार

‘तिर्खाकी पानी’ को प्रचारप्रसार



धनगढी । गायक दिवाकर शर्माले आफ्नो नयाँ गीति संग्रह ‘तिर्खाकी पानी’ को प्रचारप्रसार शुरु गरेका छन् ।
शुक्रबार धनगढीमा पत्रकारहरू माझ गायक शर्माले धनगढीबाट प्रचारप्रसार अभियान आरम्भ गरिएको बताए ।
उनले प्रचारप्रसार अभियान ७ नम्बर प्रदेशको डडेल्धुरा र डोटी तथा ६ नम्बर प्रदेशको सुर्खेत लगायत क्षेत्रमा सञ्चालन गर्ने बताए ।
रेडियो नेपालका कार्यक्रम निर्माता समेत रहेका गायक शर्माले आफूले यसअघि थुप्रै फुटकर गीत ल्याए पनि निकै संघर्षपछि बल्ल पहिलोपटक गीतिसंग्रह ल्याउन सफल भएको बताए । गीति संग्रहमा पाँचवटा गीत छन् ।
गीति संग्रहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना समेत रहेको छ । त्यस्तै, डाक्टर नवराज लम्साल, गोविन्द कुइँकेल र सुवासचन्द्र ढुंगेलको रचना रहेको छ ।
विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको गीति संग्रहका बुलु मुकारुङ, शक्ति बल्लभ र राजु सिंहले संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार