४ जेष्ठ २०८१, शुक्रबार

बोक्सीको आरोपमा भएको कुटपिट घटना : अभियुक्तहरू सार्वजनिक



धनगढी । कैलाली घोडाघोडी नगरपालिका, देउकलियामा केही दिनअघि बोक्सीको आरोपमा एउटी युवतीमाथि भएको बर्बर कुटपिट तथा यातना घटनाका अभियुक्तहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
बिहीबार जिल्ला प्रहरी कार्यालयले सो घटनामा संलग्न छ जना अभियुक्तहरूलाई सार्वजनिक गरेको छ ।
घटनाका मुख्य अभियूक्तहरू भोलेबाबा भनिने रामबहादुर चौधरी, भोलेबाबाकी सहायिका पार्वतीमाता भनेर चिनिने किस्मती र स्मारिका चौधरी, भोलेबाबाकी आमा सीतारानी चौधरी, ३४ वर्षीय वेदप्रसाद चौधरी र ३३ वर्षीय चनकलाल चौधरीमाथि प्रहरीले मुद्दा अघि बढाएको छ ।
कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले उनीहरूमाथि बोक्सी कसुर तथा सजाय ऐन अन्तर्गत मुद्दा चलाइएको जानकारी दिए ।
भोलेबाबाले जुनसुकै रोग निको पारिदिन्छु भनि अन्धविश्वासमा राखि किस्मती र स्मारिका चौधरीलाई सहयोगी राखेको र महिलाहरूलाई बोक्सी लागेको छुटाउने भन्दै चरम यातना दिने गरेको पाइएको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार