३० भाद्र २०८१, आईतवार

सन्तोषी चौधरीको जलेर अवस्था गम्भीर, सहयोगका लागि हारगुहार



धनगढी । कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ४ बलियाका मानबहादुर चौधरी विगत ४ दिन देखि २ छोराछोरी र श्रीमतिलाई उपचारका लागि बााकेको भेरी अञ्चल अस्पतालमा छन् ।
फागुन २५ गतेका दिन सुनियोजित ढंगबाट ज्यान मार्ने गरी राति साढे ११ बजे मानबहादुरको पसल(खोका)मा अज्ञात समूह पेटोल छर्केर आगो लगाएका थिए ।
खोकाभित्र ३२ बर्षिया श्रीमति सन्तोषी चौधरी, ढाई बर्षिय छोरा नेत्रविक्रम चौधरी र ९ बर्षिया चौधरी छोरी सुती रहेका थिए । बाहिरबाट पेटोल छर्केर आगो लगाउदा सुतिरहेको तीनै जनाको शरीरमा पनि आगो लागेको थियो । आगोले मानबहादुरको श्रीमति सन्तोषीको अनुहार, खुट्टा र स्तन जलेको छ । छोराछोरीको खुट्टा जलेको छ । शरीरका विभिन्न भाग जलेर सन्तोषीको अवस्था गम्भीर रहेको छ । स्तन जलेर ठूलो घाउ बनेको हुादा ढाई बर्षिया छोरो दूध खान नपाएर भोकले काकाकुल भएको मानबहादुरले दुखेसो पोखे ।
चौधरी घटनाबारे अगाडि थपे, ‘राति साढे ११ बजे तिरको घटना हो । श्रीमति छोराछोरीहरू खोकामा सुत्न गए, म एउटा बाख्रा पालेको छु त्यही खाट लगाएर सुते र अलि पछि कतै बाट आवाज आए जस्तो लाग्यो । हेर्दा त छोराछोरी र श्रीमति कराई रहेका थिए । हत्त न पत्त गर्दै खोका नजिक जाादा आगो लागेको रहेछ । यताउता हेर्दा मोटरसाइकलमा दुई जना भाग्दै गरेको देखे तर चाहेर पनि उनीहरूलाई समात्न सकिन । यदि उनीहरूलाई समात्न जान्थे भने श्रीमति छोराछोरी खोकाभित्र जलेर खरानी हुन्थे । ढोका फोरेर उनीहरूलाई बाहिर निकाल्दा अवस्था छदविक्षत भइसकेको थियो ।’
राति नै लालरत्न अस्पतालमा सामान्य उपचार पश्चात भेरी अञ्चल अस्पताल थप उपचारका लागि लगिएको चौधरी बताए । यता घटना लगत्तै इलाका प्रहरी कार्यालय मोतिपुरबाट प्रहरी घटना स्थल पुगेका थियो । पीडित चौधरी प्रहरीमा दोषिलाई चााडो भन्दा चााडो पक्रेर कानुनी दायरामा ल्याउनका लागि उजुरी समेत दिएका छन् । तर घट्ना भएको ५ दिन भई सक्दा पनि प्रहरीले कुनै प्रतिक्रिया नदिदा उनी निकै निरास भएका छन् । चौधरी यस्तो गम्भीर ज्यान मार्ने प्रकृतिको मुद्दामा ईलाका प्रहरी कार्यालय मोतिपुर गम्भीर नभएको बताए । उता ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख नैनसिंह साउँदले यहि घटनाको दोषि पहिचानका लागि अनुसन्धानमै लागेको बताए । आर्थिक अवस्था कमजोर भएका मानबहादुर अहिले श्रीमति र छोराछोरीको उपचारका लागि सहयोगको याचना गरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार