ठूलो परिमाणमा घरेलु मदिरा बरामद



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित निमुवाबोझी गाउँबाट प्रहरीले सोमबार अवैध रूपमा उत्पादित ठूलो मात्रामा अवैध घरेलु मदिरा बरामद गरेको छ ।
बौनिया प्रहरीले विशेष सूचनाको आधारमा स्थानीय आशा चौधरीको घरमा परालभित्र लुकाई राखेको तीन सय ६० लिटर घरेलु मदिरा बरामद गरेको जनाएको छ ।
बरामद गरिएको अवैध मदिरा स्थानीय, नागरिक समाज तथा पत्रकारको रोहवरमा नष्ट गरिएको छ ।
यसअघि पनि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को जागृतिटोल, साझा चोक, बौनियाँं बजार, निमुवाबोझी, रामपुर लगायतका क्षेत्रमा निरन्तर छापा मारेर १५ हजार लिटर बढी अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको थियो ।
प्रहरी नायव निरीक्षक रामचन्द्र पन्तले बर्दगोरिया गाउँपालिकालाई अवैध मदिरामुक्त बनाउने अभियान अघि बढाइएकोले सहयाग गर्न सबैमा आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्