२८ असार २०८३, आइतबार

धुर्मुस सुन्तली जीवन बिमा अभियानमा



लम्की । स्थापित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ तथा कुञ्जना घिमिरे ‘सुन्तली’ सोमबार कैलालीको लम्कीमा नेपाल लाइफ बिमा कम्पनीको उपशाखा उद्घाटन कार्यक्रममा सहभागी भएका छन् ।
केही समयदेखि जीवन बिमा अभियानमा सहभागी भइरहेका धुर्मुस र सुन्तलीले सबै नेपालीको लागि जीवन बिमा अनिवार्य भएको बताए ।
पछिल्ला सयममा देशका विभिन्न ठाउँमा भूकम्प पीडित तथा दलित एवं विपन्न वर्गका परिवारलाई नमुना बस्ती निर्माण कार्यमा जुटेका धुर्मुस तथा सुन्तलीको जोडी अहिले नमुना नेपाल अभियानमा पनि संलग्न छन् ।
यसअघि उपशाखाको प्रदेश सभा सदस्य रतनबहादुर थापाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतम, लम्कीचुहा नागरपालिकाका उपप्रमुख टिका थापा, लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाई, सामुदायिक रेडियो प्रसारण संघ प्रदेस नम्बर सातका सदस्य बिपी खनाल, लम्की बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति अध्यक्ष देवानन्द जैसी, नेपाल रेडक्रस सोसाईटी उपशाखा बलियाका सभापति रंगप्रसाद तिमिल्सेना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कम्पनीका प्रदेश नम्बर ७ का संयोजक लक्ष्मीकान्त जैशीले स्वागत गरेका थिए । भने कार्यक्रमको सञ्चालन बिमा अभिकर्ता टिकाराम जोशीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार