२ जेष्ठ २०८१, बुधबार

टीकापुर घटनामा अभियुक्त थुनामा रहेकाको आमरण अनसन स्थगित



धनगढी । टीकापुर घटनामा थुनामा रहेका २४ जना अभियुक्तले सोमबार आमरण अनसन स्थगित गरेका छन् ।
कैलाली प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका विभिन्न राजनीतिक दलहरूको संयुक्त विज्ञप्तिमार्फत चार बुँदे सहमती पश्चात उनीहरूले आमरण अनसन स्थगित गरेका हुन् ।
कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आमरण अनसन समितिका संयोजक लाहुराम चौधरीलाई जुस खुवाएर अनसन स्थगित गराएका हुन् ।
बन्दी र प्रशासनबिच भएको सम्झौताको पत्र यस्तो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार