२३ बैशाख २०८१, आईतवार

विकास आयोजनामा कमशल सामग्री प्रयोग



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा निर्माणाधीन विकास आयोजनाहरूमध्ये अधिकांसमा कमशल खालका निर्माण सामग्री प्रयोग भइरहेको पाइएको आरोप लगाइएको छ ।
उपमहानगरपालिकामा लागू भएको सघन शहरी विकास कार्यक्रम अन्तर्गतका सडक आयोजना, मोहनापुल–अत्तरिया छ लेन सडक आयोजना लगायतका अधिकांस योजनामा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको वडाध्यक्ष बलबहादुर ऐरले बताए ।
उनले उपमहानगरपालिकाको वडा नम्बर ३ मा निर्माण भइरहेका सडक तथा नालीमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको आफूले भेटाएको बताए ।
आइतबार वडाध्यक्ष ऐरले वडाका सात वटा स्थानमा स्थलगत निरीक्षण गरेको बताए । ‘कमसल सामग्री प्रयोग गरेर निर्माण गर्न लागेका स्थानमा काम रोकेर आएको छु’ मोहनापुल–अत्तरिया छ लेन सडक अन्तर्गत रोड हाउस क्याफेदेखि अस्थायी प्रहरी बिटसम्म निर्माण भइरहेको नालीको निरीक्षण गर्ने क्रममा वडाध्यक्ष ऐरले ठेकदारलाई कमसल निर्माण सामग्रीको प्रयोग भइरहेकोले काम रोक्न तथा कमसल सामग्री फिर्ता गर्न भनेका थिए ।
वडाध्यक्ष ऐरले काम रोक्न निर्देशन दिए पनि ठकेदारले आफूले सम्झौताअनुसार काम गरिरहेको र गुणस्तरहीन सामग्री प्रयोग नगरेको दावी गरे । ठेकेदारले सडक डिभिजन कार्यालयमै इट्टा परीक्षण गरेर ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार