१९ बैशाख २०८१, बुधबार

सवारी दुर्घटनामा एकको मृत्यु



धनगढी । कैलालीको गोदावरी नगरपालिकामा आइतबार सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
पूर्वदेखि पश्चिमतर्फ जादै गरेको से १ त ३१४२ नम्बरको ट्याक्टरले साइकललाई ठक्कर दिँदा गोदावरी नगरपालिका वडा नम्बर १, वसन्तपुरका २२ वर्षीय सुनील ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्षेत्रीय प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा साइकलमा सवार गोदावरी नगरपालिका वनखेतका २१ वर्षीय सुरज कडारु, तथा ट्याक्टरमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर ३, भन्सार रोडका १७ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय कालु चौधरी घाइते भएका छन् ।
घाइतेहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २० वर्षीय सन्दीप चौधरीलाई नियन्त्रण लिएको क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार