२० बैशाख २०८१, बिहीबार

ट्याक्टर ठक्करले साईकल चालकको मृत्यु



धनगढी । कैलालीको गोदावरी नगरपालिकामा ट्याक्टरले ठक्कर दिदा एक जना साईकल चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।
पुर्वदेखि पश्चिमतर्फ जादै गरेको से.१.त ३१४२ नम्बरको ट्याक्टरले साईकललाई ठक्कर दिंदा गोदावरी नगरपालिका–१, बसन्तपुर बस्ने सुनिल ओझाको मृत्यु भएको छ । साईकलमा सवार गोदावरी नगरपालिकाको वनखेत बस्ने २१ वर्षिय सुरज कडारु घाईते भएका छन् ।
त्यस्तै, ट्याक्टरमा सवार धनगढी उपमहानगरपालिका–३, भन्सार रोडका अन्दाजी १७ वर्षिय विरेन्द्र चौधरी र २१ वर्षिय कालु चौधरी सामान्य घाईते भएको क्षेत्रिय ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
घाईतेहरुको गोदावरी नगरपालिकास्थित पदमा अस्पतालमा उपचार भईरहेको छ । ट्याक्टर चालक धनगढी उपमहानगरपालिका–३ का सन्दीप चौधरीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार