२० बैशाख २०८१, बिहीबार

विद्युत लाइन सार्ने विषयमा सहमति



धनगढी । मोहना–अत्तरिया छ लेन सडकमा पर्ने विद्युतको लाइन सार्नेबारे नेपाल विद्युत प्राधिकरण र आयोजना कार्यालयबीच सहमति भएको छ ।
सो ६ लेन सडक अन्तर्गत टुटेफुटेको स्थानमा नयाँ र अन्य स्थानमा पुरानै पोल प्रयोगमा ल्याउने गरी सहमती भएको मोहनापुल–अत्तरिया सडक योजना कार्यालय धनगढीले जनाएको छ । यसअघि विद्युत प्राधिकरण र मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना कार्यालयले लाइन सार्ने विषयमा आ–आफ्ना अडान राखेका थिए । विद्युत प्राधिकरणले विद्युत लाइन सार्नु पर्दा स्तरबृद्धि सहित सार्नुपर्ने भएकाले पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना कार्यालयले पाँच करोड रुपैयाँ बराबरको बजेट नभएकाले पुरानै पोलहरू प्रयोग गर्नुपर्ने बताउँदै आएको थियो । दुवै निकायबीच सुरुको एक किलोमिटरका लागि पोल किन्ने र त्यसपछि पुरानै पोल प्रयोगमा ल्याउने सहमती भएको सडक आयोजना प्रमुख मनिषकुमार शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार